दफा ११
समितिको काम, कर्तव्य र अधिकार
समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ:
(क) प्रतिष्ठानको योजना तर्जुमा गर्ने,
(ख) प्रतिष्ठानबाट सञ्चालन गरिने प्रशिक्षण तथा अनुसन्धान कार्यक्रमसम्बन्धी नीति तर्जुमा गर्ने,
(ग) प्रतिष्ठानको वार्षिक कार्यक्रम तथा बजेट तयार गरी परिषद्समक्ष पेश गर्ने,
(घ) अनुसन्धान तथा प्रशिक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तथा परामर्श सेवा उपलब्ध गर्ने-गराउने,
(ङ) प्रतिष्ठानबाट सञ्चालित प्रशिक्षण कार्यक्रमहरुको मूल्याङ्कन गर्ने, गराउने,
(च) प्रशिक्षणलाई कार्यमूलक तथा व्यावहारिक बनाउन विभिन्न क्षेत्रका अनुभवी व्यक्तिहरुको सेवा आवधिक रुपमा आदान प्रदान गर्ने व्यवस्था मिलाउने,
(छ) तोकिएबमोजिमको अन्य काम गर्ने, गराउने ।